२०७८ साल वैशाख २४ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न आग्रह

रेडियो नेपाल २०७७ असार १२ गते १८:४३

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सीमा समस्या वार्ताबाट समाधान गर्न आग्रह गर्नुभएको छ ।

आज कांग्रेस जिल्ला समिति नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) ले गरेको महासमिति सदस्य राजकुमार शर्माको १३ औँ दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जलि सभामा सहमहामन्त्री डा. महतले कालापानी, लिपुलेक, लिम्पियाधुरा, सुस्तालगायत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताउनुुभयो ।

उहाँले मिलेनियम च्यालेन्ज कर्पाेरेशन(एमसिसी) सम्झौता संसद्बाट पारित गर्नुपर्ने समेत बताउनुभयो ।

सम्बन्धित

काँग्रेस संसदीय दलको बैठक वैशाख २५ मा

८ घन्टा अगाडि रेडियो नेपाल

एमाले बागमती प्रदेशको मुख्य सचेतकमा निरौला

१२ घन्टा अगाडि बिश्व अधिकारी