२०७८ साल वैशाख २७ गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

आज थप ८ सय ९४ जनालाई स्वदेश ल्याइयो

रेडियो नेपाल २०७७ असार १२ गते १८:५०

काठमाडौं । कोभिड–१९ का कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका थप ८ सय ९४ जनालाई स्वदेश ल्याइएको छ ।

आज बहराईनबाट २ सय ७१, कुवेतबाट १ सय ६०, मलेसियाबाट ३ सय ६, र युएइबाट १ सय ५८ जनालाई स्वदेश ल्याइएको कोडिभ–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

विदेशमा अलपत्र परेका र स्वदेश आउनुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षितसाथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई ब्यवस्थापन गर्ने केन्दले जनाएको छ ।

नेपाल ल्याइएका सबै ८ सय ९४ जनालाई नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरहरुमा लगिएको छ ।

सम्बन्धित

महामारीमा पनि घटेन लैङ्गिक हिंसा   

६ घन्टा अगाडि कालिका खड्का

कोहलपुर आईपुग्यो ‘अक्सिजन लिक्विड’

६ घन्टा अगाडि गुरमुरत यादव