तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा तीन सय ४२ कोरोना सङ्क्रमित डिस्चार्ज

धनगढी  – सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण बढिरहेको परिस्थितिमा कोरोना सङ्क्रमित निको हुने दर समेत बढ्दै गएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको पछिल्लो तथ्यांकले यस प्रदेशमा कोरोना सङ्क्रमित निको हुने दर बढ्दै गएको देखाएको छ ।

मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले हालसम्म प्रदेशभर डिस्चार्ज हुने कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय ४२ रहेको बताउनुभयो ।

उहाँले कोरोना सङ्क्रमण निको भएका, १४ दिन आइसोलेसनमा बसेर कुनै लक्षण नदेखिएका तथा स्वास्थ्य अवस्था सामान्य भएका ती कोरोना सङ्क्रमितलाई विभिन्न अस्पतालबाट डिस्चार्ज गरिएको दिनुभयो ।

यसै गरी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार आठ सय ६२ पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेशका नौ वटै जिल्लामा गरी हालसम्म एक हजार आठ  सय ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमित मध्ये बाजुरामा दुई र कैलालीमा तीन गरी पाँच जनाको निधन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button