तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीको विभिन्न क्षेत्रमा पनि सलह किरा

रुपन्देही । रुपन्देहीमा पनि सलह किरा देखिएको छ । शनिबार दिउँसो रुपन्देहीको विभिन्न क्षेत्रमा सलह देखिएको हो । देवदह, बुटवल, शिवनगर क्षेत्रमा सलह देखिएपछि स्थानियले किट विज्ञ र नार्कका बैज्ञानिकलाई खवर गरेका थिए ।

उक्त टोलीले निरीक्षण गर्दा सलह नै रहेको पुष्टि गरेको छ । पक्लिहवा कृषि क्याम्पसका उपप्रध्यापक तथा किट विज्ञ दिपक खनालले स्थानियले सलह आएको जानकारी गराएपछि स्थलगत निरीक्षण गर्दा सलह किरा नै भएको बताउनुभयो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिक नारायण खत्रीले सलह नेपालमा भित्रिएको बताउँदै यसले यो मौसममा कम आक्रमण गर्नसक्ने बताउनुभयो । “बन क्षेत्रमा समुह नै आएको देखियो । यसले हामीलाई थ्रेड दिएको छ” उहाँले भन्नुभयोे–“अब उच्च सतर्कताका साथ नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ ।”

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाका अनुसार किसानहरुबाट सलह किरा भेटिएको कुरा आएको र यस विषयमा अनुसन्धान जारी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button