तपाईँ सुन्दै हुनुहुन्छः

वैदेशिक अध्ययनमा गएका बिद्यार्थीको परिस्थिति सहज बनाउनेबारे छलफल 

भक्तपुर । शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री माननीय गिरिराज मणि पोखरेलले राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) का अध्यक्ष सन्तोष प्याकुरेल सहितको टोलीसँग छलफल गर्नुभएको छ ।

छलफलमा वैदेशिक अध्ययनमा गएका बिद्यार्थीहरुको कोभिड १९ र लकडाउनले उत्पन्न गरेको स्थिति र परिस्थितिको बारेमा विशेष छलफल भएको नेका का अध्यक्ष सन्तोष प्याकुरेलले बताउनुभयो ।

मन्त्री पोखरेलसँगको भेटमामा विदेश अध्ययनमा जादा विद्यार्थीले अनिवार्य रुपमा बनाउनु पर्ने अध्ययन अनुमती पत्र जारी गर्ने प्रक्रियालाई पुनः सुचारु गर्ने मोडालिटिको बारेमा पनि छलफल भएको अध्यक्ष प्याकुरलले बताउनु भयो ।

अध्यक्ष प्याकुरेलले अब छिट्टै नै परामर्श व्यवसायलाइ सुचारु गर्ने, तयारी कक्षालाई भने अनलाइन नै सन्चालनमा लगिने कुरामा आशावादी भएको बताउनु भयो ।

हाल नेपालमा दुई हजारको संख्यामा वैदेशिक शैक्षिक परामर्श संस्थाहरु सञ्चालनमा रहे पनि कोभिड १९ को महामारीका कारण तीन महिना देखि बन्द छन् भने एनओसी रोकिएका कारणले ४ महिनादेखि विदेश अध्ययन प्रक्रिया अवरुद्ध छ ।

जसका कारण लगभग ४ हजार विदेश अध्ययनमा जान चाहने विद्यार्थीहरु मारमा परेका छन् भने ५ अर्ब को लगानी र लगभग ४० हजार कर्मचारीको जागीर जोखिममा परेको छ नेकाले जनाएको छ ।

यस अघि पनि संघले एन ओ सी खोल्नुपर्ने माग गर्दै शिक्षा मन्त्रालयका सहसचिव तथा उच्च शिक्षा महाशाखा प्रमुख रामशरण सापकोटासंग छलफल गरेको थियो ।
दुबै भेटमा नेकाका कोषाध्यक्ष रमण कोइराला लगायत संघका सदस्यहरूको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button