तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा एकै दिन पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि

इलाम । इलाममा एकै दिन पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

विदेशबाट आएर संस्थागत क्वारेनटिनमा रहेका सूर्योदय नगरपालिकाका पाँच जनामा संकमण देखिएको इलामका कोभिड–१९ फोकल पर्सन विमल बरालले बताउनुभयो ।

सुर्योदय नगरपालिका वडा २ का २७ वर्षीय पुरुष, वडा ३ का ३४ र २८ वर्षीय पुरुषहरू, वडा ७ का ३६ वर्षीय पुरुष , वडा ८ का ४३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको बरालले बताउनुभयो ।

सङ्क्रमितहरू ओमन, साउदी अरब र भारतबाट नेपाल आएर क्वारेनटिनमा बसेका थिए । उनीहरूलाई उपचारको लागि मोरङको गोठ गाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय प्रदेश सरकारले निमार्ण गरेको अस्पतालमा उपचारको लागि पठाइएको छ ।

शनिवार थपिएका पाँच जनासँगै इलाममा कोरोना सङ्क्रमितको सङ्ख्या सात पुगेको छ । यसअघि भेटिएका सूर्योदय नगरपालिकाका दुई जनामा कोरोना सङ्क्रमण भएको थियो । उनीहरू निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button