तपाईँ सुन्दै हुनुहुन्छः

बन्दाबन्दीको अवधिमा २३४ अन्तराष्ट्रिय उडान

काठमाडौं । नेपालमा बन्दाबन्दीको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २३४ अन्तराष्ट्रिय उडान भएका छन् ।

बन्दाबन्दीको तीन महिनाको अवधिमा यात्रु चार्टर्र्ड तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रुहरु अन्तराष्ट्रिय विमानस्थलबाट आवत जावत भएको विमानस्थलले जनाएको छ ।

यी उडानबाट ११ हजारभन्दा बढी यात्रु नेपाल आएका छन् भने १३ हजार यात्रु नेपालबाट बाहिरिएका छन् ।

विमानस्थल कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार बन्दाबन्दीको अवधि चैत ११ देखि असार १२ गतेसम्म कार्गो र चार्टर्र्ड गरी २३४ अन्तराष्ट्रिय उडान भएका हुन् ।

यी उडानबाट ११ हजार २८२ यात्रु र ३३ बच्चा नेपाल आएका छन् भने नेपालबाट १३ हजार १०३ यात्रु तथा २५६ बच्चा बाहिरिएका छन् । यो अवधिमा विभिन्न मुलुकबाट चार लाख ९२ कार्गो नेपाल आएको छ । नेपालबाट पनि ४१ लाख ७२ हजार ७७ केजी कार्गो विभिन्न मुलुक गएको जनाइएको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले मात्रै कार्गो चार्टर्र्ड र यात्रु चार्टर्ड गरी ५१ उडान गरेको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार निगमको २८ चार्टर्र्ड तथा सरकारको समन्यवमा विभिन्न मुलुकबाट नेपाली फर्काउन मात्रै २३ उडान भएका छन् ।

बन्दाबन्दीको असाधारण परिस्थितिमा निगमले एकैदिन आठ अन्तराष्ट्रिय उडान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button