तपाईँ सुन्दै हुनुहुन्छः

आज थप १ हजार २ सय १ जनालाई स्वदेश ल्याइयो

काठमाडौं । कोभिड–१९ का कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका थप १ हजार २ सय १ जनालाई स्वदेश ल्याइएको छ ।

आज हङ्कङबाट ८२, युएईबाट ३ सय ८७, साउदी अरेवियाबाट ४ सय ८, र बेलायतबाट ८३ जनालाई स्वदेश ल्याइएको कोडिभ–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षितसाथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई ब्यवस्थापन गर्ने केन्दले जनाएको छ ।

नेपाल ल्याइएका सबै १ हजार २ सय १ जनालाई नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढंगले प्रादेशिक रुपमा स्थापना गरिएको होल्डिङ सेन्टरहरुमा लगिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button