तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप ३ जना कोरोना संक्रमित निको भई डिष्चार्ज

नेपालगञ्ज । बाँकेमा आज थप ३ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको कोरोना विशेष आइसोलेसनबाट राप्तीसोनारी गाउँपालिकाका १ जना र डुडुवाको शाहपुर्वा आइसोलेसनबाट डुडुवाका २ जना निको भई डिष्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

यो संगै बाँकेमा कोरोना निको भई डिष्चार्ज हुनेको संख्या ३ सय १४ पुगेको छ । बाँकेमा संक्रमितको संख्या ३ सय ५२ पुग्दा २ जनाको भने मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button