तपाईँ सुन्दै हुनुहुन्छः

बर्षातको समयमा पनि सडक निर्माण जारी

बीरगंज – बर्षाको समयमा पनि सडक निर्माण गर्ने कार्य जारी रहेको हुँदा अहिले पर्साका अधिकांश ग्रामीण सडकहरु सम्पर्क बिच्छेद भएको छ । ग्रामिण क्षेत्रमा निर्माणका क्रममा रहेका थरुहठ सडक, पोखरीया लंगडी सडकखण्ड, हुलाकी खडक लगायतका प्रमुख सडकहरु हिलाम्य भएका कारण सडक सम्पर्क बिच्छेद भएका छन ।

ग्रामीण सडकहरुको अवस्था जिर्ण भएका कारण अहिले जिल्लाको सदरमुकाम बीरगंज आवत जावत गर्न ठूलो चुनौती रहेको ठोरी गाउपालिकाका वडा नं ५ का बीर बहादुर श्रेष्ठले बताउनुभयो । पक्की बाटो तथा पिच बाटोमा आवागमन सजिलो भएपनि अन्य बिग्रेका बाटोमा घण्टौ सम्म मोटरसाइकल डोर्याउन परेको श्रेष्ठले गुनासो गर्नुभयो ।


सडक डिभिजन कार्यालय मार्फत ठेक्का पाएका ठेकेदार कम्पनीको लापारवाहीका कारण ग्रामीण सडकखण्ड पहिलेको तुलनामा झनै बिग्रेका स्थानीयले गुनासो गरेका छन । थरुहट सडकखण्ड अन्तर्गतका जिराभवानी भवानी गाउपालिकाको सडक, पोखरीया लंगडी हुदै भिस्वा सडकखण्ड, हरिहरपुर भलुवाही सडक, जानकीटो भिस्वा खडक खण्ड पूर्णरुपले जिर्ण भएकाले साईकल मोटरसाइकल सवारी समेत गुडन कठिन भएको स्थानियले गुनासो गरेका छन ।

पर्साकै जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी, धोबिनी, छिपहरमाई लगायतका गाउपालिकाहरुमा एक टोल देखि अर्को टोलसम्म जाने बाटो बिग्रिएका कारण एक टोलका बासिन्दा अर्को टोलमा जान नसक्ने अवस्था रहेका छन । पर्साका ग्रामिण क्षेत्रलाई वीरगंजसँग जोडने बैकल्पिक मार्गको रुपमा रहेको जनता सडकको अवस्था पनि उस्तै रहेको छ ।

बाराको जितपुर हुदै बीरगंज पुग्ने जनता सडक अन्तर्गतको पटेर्वासुगौली गाउँपालिकाको बडा नं ४ सुगौली तथा वडा नं ३ को देकुली र धर्मपुर लगायतको गाउको बाटोको अवस्था जीर्ण हुँदा सवारी साधन चलाउन कठिनाइ भइरहेको स्थानियले गौरीशंकर चौधरीले बताउनु भयो ।
निर्माणाधिन हुलाकी सडकको केही खण्ड पिच भएको कारण सवारीसाधन संचालनमा आए पनि विच विचमा बाटो निर्माण अधुरै रहेको हुँदा आवत जावत ठप्प भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button