तपाईँ सुन्दै हुनुहुन्छः

वडा सचिवसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व छली गरेको अभियोगमा सिद्धार्थनगर नगरपालिका– ६ का वडासचिव शिवनारायण मुखियासहित चार जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

कच्ची बाटोसँग जोडिएको जग्गामा बाटो नभएको भनी गलत सिफारिशका आधारमा राजस्व छली गरेको आरोपमा वडा सचिव मुखिया सहित जग्गा बिक्रीकर्ता रुपेन्द्र यादव, जग्गा खरिदकर्ता सागर थापा र राम क्षेत्रीविरुद्ध आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यस्तै अभिलेख अद्यावधिक गर्ने प्रयोजनका लागि आउने सेवाग्राहीको काम सहज गरिदिने भनी अनियमितता गर्ने कम्पनी रजिस्टारको कार्यालय त्रिपुरेश्वरका नायब सुब्बा डोरप्रसाद पन्थी तथा धादिङ जीवनपुरको सेवाग्राहीको जग्गा रजिस्ट्रसन पास गर्ने क्रममा घुस लिएको अभियोग जिल्ला मालपोत कार्यालय धादिङका कम्प्युटर अपरेटर सूर्य अधिकारी र लेखापढी व्यवसायी कान्छोनारायण श्रेष्ठविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button