तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप ५ जना कोरोना संक्रमित डिष्चार्ज

नेपालगन्ज । बाँकेमा आज थप ५ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । नेपालगन्जस्थित आदर्शनगर आइसोलेसन सेन्टरबाट खजुरा ४ का ३ जना, सुशील कोइराला क्यान्सर अस्पताल खजुराबाट खजुरा ४ कै १ जना र खजुराको कृषि तालिम केन्द्र आइसोलेसन सेन्टरबाट नेपालगन्ज १४ का १ जना गरी ५ जना निको भई डिष्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

यो संगै बाँकेमा कोरोना निको भई डिष्चार्ज हुनेको संख्या ३ सय १७ पुगेको छ । बाँकेमा हालसम्म ३ सय ५२ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको भने मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button