तपाईँ सुन्दै हुनुहुन्छः

व्यक्तिगत सुरक्षा सामग्री वितरण

काठमाडौँ– स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन र सरसफाइमा कार्यरत श्रमिक कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षा कवच(पिपिई) प्रदान गरिएको छ । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफेड) ले एशिया मोनिटर रिसोर्स सेन्टरको सहयोगमा ललितपुरस्थित किष्ट टिचिङ अस्पताल, पाटन अस्पताल र सर्बाङ अस्पतालका ३२ जना श्रमिक कर्मचारीलाई पिपिई हस्तान्तरण गरेको हो ।

कोभिडको सङ्क्रमणबाट खासगरी स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन र सरसफाइमा कार्यरत कर्मचारी, श्रमिक बढी जोखिममा रहने भएकाले स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको सिफेडका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहले बताउनुभयो । अमेरिका, नर्वे, जापान, कोरिया, मलेसिया, फिलिफन्स आदि देशले कोभिड­१९ महामारीलाई व्यावसायजन्य रोग वा कार्यस्थलमा लाग्ने रोगको रुपमा पहिचान गरी आवश्यक क्षतिपूर्तिको व्यवस्था गरिसकेको अवस्थामा नेपालमा पनि खासगरी अग्रपङ्तिका अति आवश्यकीय सेवामा कार्यरत, स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन र सरसफाइ कर्मचारीहरु कोभिडको कारण विरामी भएका वा विरामी भई उचपाररत रहेका वा मृत्यु भएका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था हुनपर्नेमा उहाँले जोड दिनुभयो ।

श्रमीकहरुलाई व्यावसायजन्य सुरक्षा र स्वास्थ्यको पूर्ण जिम्मेवारी रोजगारदाता कम्पनी तथा निकायहरुको हुने श्रम ऐन २०७४ एवं श्रम नियमावली २०७५ मा व्यवस्था रहेपनि अहिले कोभिडको महामारीको बेला अधिकांश निकायहरुले व्यक्तिगत सुरक्षा कवचको प्रबन्ध गर्न सकेका छैनन् । बन्दाबन्दीको सहजतासँगै काममा फर्किदै गर्दा अपनाउनुपर्ने सम्पूर्ण पूर्व सावधानीहरु जस्तै आवश्यक सुरक्षा कवच, स्यानिटाइजर, सामाजिक एवं भौतिक दूरीको कडाइका साथ पालनासागै कार्यस्थललाई निसङ्क्रमित र सरसफाइ गर्ने र यान्त्रिक उपकरण एवं औजारहरुको पूर्ण परीक्षण गर्न गराउन जरुरी हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button