तपाईँ सुन्दै हुनुहुन्छः

धानको उत्पादकत्व बढाउँदै जान आवश्यक छ : मुख्यमन्त्री पोखरेल

रुपन्देही– प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले धानको व्यावसायीकरणका माध्यमबाट रोजगारीको सिर्जना एवं निर्यात गर्ने रणनीति बनाउँदै प्रदेश सरकार योजनाबद्ध रुपमा अघि बढिरहेको बताउनुभएको छ । राष्ट्रिय धान दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले खेतीयोग्य भूभागमा सिंचाइको उपलब्धता बढाउँदै जाने, उन्नत जातका बीउबिजन र मलखाद किसानलाई सहज उपलब्ध गराउने एवम यान्त्रीकीकरणमा जोड दिने नीति प्रदेश सरकारले लिएको बताउनुभयो ।

केही दशकअघि धान निर्यातको इतिहास बोकेको मुलुकले अहिले चामल आपूर्तिका लागि आयात गरिरहेको जनाउँदै उहाँले आयात प्रतिस्थापन गर्न धानको उत्पादकत्व बढाउँदै जान आवश्यक रहेकामा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button