तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरको पूर्वी पौवादुङमा पहिरोले गोठ पुर्‍यो

भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा माथिबाट आएको पहिरोले गोठ बगाएको छ ।

पौवादुङमा गाउँपालिका वडा नम्बर २ बोहोरा गाउँका यादव बहादुर बोहोराको खेतमा बनाइएको फुसको छानो भएको गोठ माथि आएको पहिरोले पूर्णरुपमा भत्काएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदिप लामाले बताउनुभयो ।

शनिवार राती साँढे ९ बजेतिरको पहिरोले गोठमा रहेका चार वटा गोरु मध्ये एउटा गोरुको मृत्यु भएको र एउटा गोरु घाइते भएको प्रहरीले जनाएको छ ।

पहिरोले तीन रोपनी धान खेत रहेको जग्गामा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

पहिरोबाट तीन लाख ७० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button