तपाईँ सुन्दै हुनुहुन्छः

आज विदेशमा अलपत्र परेका थप छ सय चार जनालाई स्वदेश ल्याइयो

फाइल तस्बिर

काठमाडौँ । कोभिड–१९का कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका थप छ सय चार जनालाई स्वदेश ल्याइएको छ ।

आज मलेसियाबाट दुई सय ९६, कुवेतबाट एक सय ६०, र कतारबाट एक सय ४८ जनालाई स्वदेश ल्याइएको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई सुरक्षितसाथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गराई व्यवस्थापन गर्ने केन्दले जनाएको छ ।

नेपाल ल्याइएका सबै छ सय चार जनालाई नेपाली सेनाको व्यवस्थापनमा सुरक्षित एवं व्यवस्थित ढङ्गले प्रादेशिक रूपमा स्थापना गरिएको होल्डिङ सेन्टर (Holding center)हरूमा लगिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button