तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ मा १४ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज १४ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापाका ६, मोरंगका ४, सुनसरीका ३ र पाँचथरका १ जना रहेका छन् ।

आज डिस्चार्ज हुनेमा विराटनगर १० की ८ महिने बालिका देखि ५४ वर्ष सम्मका रहेका छन् ।

कोभिड उपचार केन्द्रमा जेठ २७ गतेदेखि असार ५ गते सम्म भर्ना भएकाहरु रहेको कोभिड १९ उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उरावले बताउनुभयो । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ३ सय ९२ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button