तपाईँ सुन्दै हुनुहुन्छः

रुकुमको चौरजहारी नगरपालिकाले ल्यायो पिसिआर मेसिन

रुकुम । कोरोनाभाइरस (कोभिड १९)को संक्रमणलाई मध्यनजर गरी रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पिसिआर मेसिन खरिद गरेको छ । छिमेकि देश भारत र अन्य तेस्रो मुलुकवाट जिल्ला प्रवेश गरी क्वारेनटिनमा वसेका नागरिकहरुको स्वाव संकलन गरी जाँच गर्नको लागी पिसिआर मेसिन खरिद गरिएको नगरपालिकाले वताएको छ ।

क्वारेनटिनमा वसेका स्थानीयहरुको स्वाव संकलन गरी प्रदेश राजधानी सुर्खेत र दाङ लगायतका जिल्लामा पठाउनुपर्ने र स्वाव पठाएको हप्तौं सम्म पनि रिपोर्ट आउन ढिला हुने गरेको कारण पालिकाले मेसिन खरिद गरेर ल्याएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला वाट आएको टोलिले मेसिन जडानको काम गरिरहेको र छिटै परिक्षणको काम हुने चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले वताए । उनका अनुसार उक्त मेसिन १ करोड २३ लाखको लगानीमा ल्याईएको हो ।

मेसिन जडान गरी सञ्चालनमा आएपछि रुकुम, सल्यान, जाजरकोट र डोल्पा जिल्लाबाट संकलन भएको स्वाव परिक्षण गरेर छिटो छरितो रिपोर्ट आउने छ । जिल्ला आयुवेर्दिक अस्पतालको भवनमा जडान गर्न लागिएको उक्त मेसिनबाट दैनिक ९६ जनाको स्वाव परिक्षण गर्न सकिने बताईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button