तपाईँ सुन्दै हुनुहुन्छः

स्रोत नखुलेको नगद सहित मानिस नियन्त्रणमा

काठमाण्डौ । महानगरीय प्रहरी वृत्त कालिमाटीले स्रोत नखुलेको नगद ६५ लाख ८ हजार सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले आज दिउसो १५ः०० बजे काठमाण्डौ महानगरपालिका-१४ कुलेश्वरबाट सोहि ठाउँ बस्ने भारतीय नागरीक शंकर सिंह र बारा जितपुरका रमेश सिंहलाई नियन्त्रणमा लिएको हो ।

अवैध नगद कारोवार गर्ने गरेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई प्रकाउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button