तपाईँ सुन्दै हुनुहुन्छः

तोकिएको आधिकारिक व्यक्तिबाट मात्र सूचना लिन अनुरोध

रासस । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगबाट सूचना लिँदा तोकिएको आधिकारिक व्यक्तिबाट मात्र सूचना लिन अनुरोध गर्नुभएको छ ।

आज प्रेस विज्ञप्ति जारी गर्नुहुँदै अध्यक्ष शर्माले आयोगको नीतिविपरीत आयोगका सदस्य तथा कर्मचारीले बोल्न नहुने व्यवस्था रहेको हुँदा आयोगको आधिकारिक धारणाबारे भ्रम सिर्जना नगर्न–नगराउन सबैमा अनुरोध गर्नुभयो ।

उहाँले आयोगका प्रवक्ता वा सूचना अधिकारीबाट सम्प्रेषित विषय तथा आयोगको वेबसाइटमा राखिएका विषयलाई नै आयोगको औपचारिक धारणा र सूचना मान्न हुन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button