तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

रुपन्देही । रुपन्देहीको सैनामैनामा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सैनामैना वडा नं.६ कलौनीमा कार र मोटरसाइकल ठोक्किँदा बाबुछोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुुर्घटनामा मोटरसाइकल चालक सैनामैना १ बस्ने ३० वर्षीय सन्तोष परियार र उनका बुुबा ५० वर्षीय टेकबहादुर परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठोरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button