तपाईँ सुन्दै हुनुहुन्छः

किसानलाई ट्रयाक्टर र औजार वितरण

दैलेख- नारायण नगरपालिका र जिल्ला कृषि विकास कार्यालयले हाते ट्रयाक्टर तथा हिलो बनाउने र धान रोप्ने यन्त्र स्थानीय गहतारी फलफूल तथा कृषि सहकारी संस्थालाई हस्तान्तरण गरेका छन् । नगर प्रमुख रत्नबहादुर खड्काले कोरोना संक्रमणको जोखिम सँगै अब स्थानीयस्तरमै रोजगारी प्रवद्र्धनका लागि कृषिलाई नै प्राथमिकता दिएर आगामी बजेट तय गरिने बताउनुभयो ।

यस वर्ष समयमै पानी परेका कारण रोपाइँ गर्न धेरै सहज भएको र पानीका मुहान समयमै फुटेको कृषि विकास कार्यालयले जनाएको छ । दैलेख जिल्लाभर ६ हजार ५१७ हेक्टरमा धान खेती गरिँदै आए पनि सोमबारसम्म ३५ प्रतिशत रोपाइँ भएको कृषि विकास कार्यालयका प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button