तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा स्थायी समिति बैठक जारी

काठमाण्डौ । नेपाल कम्यूनिष्ट पार्टी, नेकपा स्थायी समितिको बैठक आज पनि जारी छ ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा निर्धारित कार्यसूची अन्तर्गत सीमा समस्या र समाधान विषयमा स्थायी समिति सदस्यहरुले आ–आफ्ना धारणा राखिरहनु भएको छ ।

असार १० गतेदेखि सुरु भएको स्थायी समिति बैठक असार १४ र १५ गते स्थगित भई आज पुनः सुरु भएको हो ।बैठकका लागि सरकारको कामको समीक्षा, सीमा समस्या र समाधान, कोरोना रोकथाम, नियन्त्रण र उपचार, एमसिसी, पार्टी एकीकरणका बाँकी काम लगायतका कार्यसूचीहरु तोकिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button