तपाईँ सुन्दै हुनुहुन्छः

शान्तिनगरका वडाध्यक्ष डाँगीमाथि कार्यकक्षमै कुटपिट

घोराही– दाङको शान्तिनगर गाउँपालिकाका एक जना वडाध्यक्षमाथि कुटपीट भएको छ । शान्तिनगर गाउँपालिका २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कार्यकक्षमै कुटपीट भएको गाउँपालिकाका प्रबक्ता रबि बुढाथोकीले जानकारी दिनुभएको छ ।

वडाध्यक्ष डाँगीलाई कुटपिट गरेर घटनास्थलमा नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्व नेकपाको पर्चा भेटिएको प्रहरीले जनाएको छ । मुखुण्डो लगाएर चार जनाको समुहमा कार्यालयभित्र प्रबेश गरेका बिप्लवका कार्यकर्ताले कार्यकक्षमै प्रवेश गरेर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिनुभएको छ ।

रडले हानेर चोटपटक लागेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेको छ । घाईते वडाध्यक्ष डाँगीलाई उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएको छ ।

घटनास्थलमा प्रतिवन्धित विप्लव नेतृत्व नेकपाको पर्चा भेटिएको छ । प्रबक्ता बुढाथोकीले वडाध्यक्ष डाँगी अहिले पनि बेहोस् भएको र थप उपचारका लागि बाहिर पठाउने तयारी भएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button