तपाईँ सुन्दै हुनुहुन्छः

‘पाशुपत क्षेत्रको विकासमा कोष क्रियाशील’

काठमाडौँ- पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रको पूर्वाधार विकास तथा सम्पदा संरक्षणमा सक्रियताका साथ लागेको बताएको छ । प्रतिनिधिसभा, अन्तर्राट्रिय सम्बन्ध समितिमा आज भएको बैठकमा कोषका पदाधिकारीले चालु आर्थिक वर्षमा गुरुयोजना कार्यान्वयनमा भएका प्रगतिबारे जानकारी गराए । समितिका सभापति पवित्रा निरौला (खरेल) को अध्यक्षतामा भएको बैठकमा उनीहरूले जनशक्तिको अभाव, सर्वाजनिक खरिद ऐनमा भएका व्यवस्थाले विनियोजित बजेट खर्च गर्न कठिन भएको, कतिपय विकास–निर्माणका काम प्रारम्भ गर्न काठमाडौँ महानगरपालिका, गुठी संस्थान, पुरातत्व विभागलगायत निकायहरूबाट स्वीकृति र सहमति लिनुपर्ने व्यवस्थाले कार्यसम्पादनमा विलम्ब भएको तथा धार्मिक, सांस्कृतिक एवं परम्पराका नाममा बेलाबेलामा व्यवधान उत्पन्न हुने गरेको उनीहरुको गुनासो थियो ।

भूकम्पपछिको पुनःनिर्माणमा गत आवमा रु १३ करोड ११ लाख खर्च भएको तथा ढल व्यवस्थापन, सडक, मन्दिर, पाटी र सत्तलको पुनःनिर्माण मर्मतसम्भार जारी रहेको छ । दर्शनार्थी तथा पर्यटकको सेवा सुविधाका निम्ति विश्रामस्थल, उद्यान व्यवस्थापन, शवदाहगृह निर्माण एवं सञ्चालन, पाशुपत क्षेत्रको साङ्ख्येय नक्साङ्कन (डिजिटल म्यापिङ), गुुह्येश्वरी–गौरीघाट नदी किनारको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button