तपाईँ सुन्दै हुनुहुन्छः

कृषिलाई प्राथमिकता नदिँदा भविष्यमा भोकमरी आउँन सक्छ: सांसद किराँती


भोजपुर । कृषिलाई प्राथमिकता दिन नसक्दा भविष्यमा भोकमरी जस्ता समस्या आउँन सक्ने सांसद सुदन किराँतीले बताउनु भएको छ ।

बिश्व धान दिवसको अवसरमा कृषि ज्ञान केन्द्र भोजपुरले गरेको रोपाई कार्यक्रममा सरिक हुदै भोजपुरका प्रतिनिधिसभा सांसद किराँतीले भन्नुभयो ‘कृषिलाई प्राथमिकता नदिँदा भविष्यमा भोकमरी नआउँला भन्न सकिन्न, जसले नेपाल जस्तो कृषिप्रधान देशमा खाद्य संकट समेत आउँने छ ।’

आयोजित रोपाई कार्यक्रममा कृषक देखि लिएर जिल्लाका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरु समेत सामेल थिए ।

वर्तमान अवस्थामा मल, वीउ र सिँचाई अभाव जस्ता कारणले जमिन बाँझिनाले कृषि क्षेत्रमा पुग्न गएको असर प्रति कृषकहरु समेत सजग तथा जागरुक हुनु पर्ने सांसद किराँतीको भनाई रहेको छ । कृषकका समस्यालाई सरकारले पनि गम्भीरताका साथ लिनु पर्ने सांसद किराँतीको धारणा छ ।

कृषकहरुले पनि आफना समस्याहरुको समाधान हुनु पर्ने बताएका छन । धान रोपाईमा एक दिन खेतमा पसेर रोपाई गरे जस्तो गरेर मात्र नहुने भएकाले सवै पक्षबाट कृषकका समस्याहरु समाधानमा सहयोग हुनु पर्ने बताएका छन । गत वर्ष कुल १४ हजार ६ सय १९ दशमलब ७६ हेक्टर क्षेत्रमा गरिएको धान खेतीमा ३४ हजार ६ सय ९२ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र भोेजपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button