तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटनमन्त्रीद्धारा मन्त्रालयमा छड्के निरिक्षण

काठमाण्डौ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आज मन्त्रालयमा छड्के निरीक्षण गर्नु भएको छ ।मन्त्री भट्टराईले मन्त्रालयका विभिन्न शाखाहरुमा छड्के निरीक्षण गर्नु भएको हो ।

निरीक्षणको क्रममा केही शाखामा कर्मचारीहरुको अनुपस्थिति रहेकोे पाईएपछि मन्त्री भट्टराईले कर्मचारी महाशाखाका प्रमुख रुद्रसिंह तामाङलाई कर्मचारी के कति कारणले उपस्थित हुन नसकेको हो बुझेर कर्मचारी नियमित रुपमा कार्यालय समयमा उपस्थिति हुने ब्यवस्था मिलाउन निर्देशन दिनुभयो ।

नेपाल सरकारको मन्त्री परिषदको निर्णय बमोजिम कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न आवश्यक तयारी गर्नका लागि पनि मन्त्री भट्टराईले विभिन्न शाखाका प्रमुखलाई निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button