तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा एकको मृत्यु सहित ६६ जना कोरोना संक्रमित थपिए

अछाम । अछाममा पहिलोपटक कोरोनाबाट एक जना पुरुषको मृत्यु भएको छ । होम क्वारेन्टिमा बसिरहेको अवस्थामा मृत्यु भएका रामारोशन गाउँपालिका वडा नम्बर ५ का ४५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिनुभयो ।

मधुमेहका विरामी भई नियमित औषधि सेवन गरीरहेका उनको यही असार १४ गते आईतबार वयालपाटा अस्पतालमा मृत्यु भएको थियो ।

भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुग्नुभएका उनको रामारोशन गाउँपालिका वडा नं ५ को कैलाशेश्वर घट्टेखेती आधारभुत विद्यालयको क्वारेन्टिनमा १४ दिन बसी घर फर्केको ५ दिनमा मृत्यु भएको हो ।

असार ९ गते उनको आरडीटी परिक्षण गरि नेगेटिभ रिपोर्ट आएपछि ७ दिने होम क्वारेन्टाईनमा बस्ने गरी उनलाई घर पठाईएको रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले जानकारी दिनुभयो । असार १३ गते राती एक्कासी उनमा स्वासप्रश्वास सम्बन्धि समस्या आएपछि उपचारका लागि बयालपाटा अस्पतालमा पु¥याईएको थियो ।

मृत्युु पश्चात उनी संगै परिवारका अन्य २ जना विरामी कुरुवा समेतको स्वाव संकलन गरि पिसिआर परिक्षणको लागि सेती प्रादेशिक अस्पतालमा पठाएकोमा उनको पोजेटिभ र अन्यको नेगेटिभ नतिजा आएको जनाईएको छ । मृतकको आईतबार नै सुरक्षित तरिकाले दाहसंस्कार गरि सकिएको छ ।

६६ जना कोरोना संक्रमित थपिए

अछाम जिल्लामा हाल सम्मकै सबैभन्दा बढी ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा एक स्वास्थ्यकर्मी सहित ६६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देब जोशीले जानकारी दिनुभयो । संक्रमित मध्ये एक जना रामारोशन गाउँपालिका ५ का ४५ बर्षीय पुरुषको ज्यान गैसकेको छ भने अन्य जिल्लाका साँफेबगर नगरपालिकाका रहेका छन् ।

नगरपालिकाका विभिन्न वडामा गरि ४७ पुरुष र १८ जना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हो । पछिल्ला ५ दिनमा संक्रमण नदेखिएको अछाममा मंगलबार ठुलो संख्यामा संक्रमण देखिएको हो । यो संगै जिल्लामा संक्रमितको संख्या १९० जना पुगेको छ । २७ जना संक्रमित कोरोना जितेर घर फर्किसकेका सुचना अधिकारी जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button