तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरको कृष्णपुरमा भेटियो ११ फिट लामो अजिङ्गर

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ स्थित चुरे फेँदमा लोपोन्मुख अजिङ्गर फेला परेको छ । चुरे फेँदबाट बस्तीतिर आइरहेको अवस्थामा ४० किलो तौल र ११ फिट लम्बाई भएको अजिङ्गर फेला परेको डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले बताउनु भयो ।

उहाँका अनुसार, चुरे जंगलबाट बस्तीतर्फ आइरहेको अजिङ्गर स्थानीयवासीले देखेपछि वन कार्यालयलाई खबर गरेको र वन कार्यालयले अजिङ्गरको उद्धार गरी राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button