तपाईँ सुन्दै हुनुहुन्छः

खेल्ने क्रममा लडेर बालकको मृत्यु

रुपन्देही । रुपन्देहीमा घरको छतमा खेल्ने क्रममा लडेर चार वर्षीय बालकको ज्यान गएको छ ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १ शिवलहवा निवासी ओमप्रकाश यादवका छोरा अजयको घरको छतबाट खस्दा आज मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।

एकतले घरको छतबाट खसेका अजयको उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा लैजाँदै गर्दा बाटामै मृत्यु भएको खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button