तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम पश्चिमका थप ८ जनामा कोरोना संक्रमण

रुकुम । रुकुम पश्चिमका थप ८ जनाका कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा विभागले प्रेस विज्ञप्ती मार्फत यस्तो जानकारी दिएको हो । बिज्ञप्ती अनुसार कोरोना भाइरस संक्रमण हुनेमा ८ जनानै रुकुम पश्चिम चौरजहारी नगरपालिकाका रहेका छन ।

उनीहरु नगरपालिकाको वडा नम्बर १,३ र ९ का ८ देखि ५० बर्ष उमेर समुहका रहेका छन । जसमा एकजना महिला छिन । उनीहरु सवैलाई चौरजहारी अस्पतालको आईसोलेसनमा राखिएको छ । कोरोना पोजेटिभ सवै व्यक्तिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले बताएको छ ।

यो संख्या सगै रुकुम पश्चिमका १२ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ११ जना रुकुम पश्चिमबाटै स्वाव संकलन गरेर पठाएकोमा संक्रमण पुष्टि भएको हो भने एकजनामा नेपालगंज स्थित एक अस्पतालमा उपचारको क्रममा गएको बेला संक्रमण भएको पुष्टि भएको थियो ।

१२ जना मध्ये ९ जना जुम्ला, १ जनाको सुर्खेत, १ जना बाँके र १ जनाको दाङको प्रयोगशालामा परिक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका कोरोना फोकल पर्सन इश्वर रावलले जानकारी दिए ।

उनका अनुसार रुकुम पश्चिममा पिसिआर मेसिन नहुँदा बाहिरी जिल्लाका ल्यावहरुमा स्वाब पठाईदै आईरहेको हो । तर रुकुम पश्चिमको चौरजहारीमा पिसिआर मेसिन आईसकेका कारण अबको केहि दिनपछि जिल्लाबाटै कोरोना परिक्षण हुने र बाहिर स्वाब पठाउनुपर्ने समस्या टर्ने बताईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button