तपाईँ सुन्दै हुनुहुन्छः

असार १५ गते साँढे पाँच करोडको दही बिक्री

काठमाडौं । दहीचिउरा खाने दिन असार १५ गते साँढे पाँच करोडको दही बिक्री भएको छ । निजी क्षेत्रका डेरी व्यवसायी र सरकारी स्वामित्वमा सञ्चालित दुग्ध विकास संथान (डिडिसी) बाट पाँच करोड ४६ लाख ६० हजारको दही बिक्री भएको जनाइएको छ ।

निजी क्षेत्रका दूग्ध व्यवसायको संस्था नेपाल डेरी एशोसिएशनबाट देशैभर चार लाख तीस हजार लिटर दही बिक्री भएको एशोसिएशनका महासचिव प्रल्हाद दाहालले जानकारी दिनुभयो ।

असार १५ मा गत वर्षको तुलनामा यस वर्ष डिडिसीको दही खपतमा १० प्रतिशतले कमी आएको छ । सबैभन्दा धेरै दही काठमाडौँ उपत्यकामा खपत हुँदै आएकामा बन्दाबन्दीका कारण उपत्यका छाड्नेहरु वृद्धि हुँदा खपतमा कमी आएको डिडिसीले जनाएको छ ।

डिडिसीका महानिर्देशक रुद्रप्रसाद पौडेलले यस वर्ष काठमाडौँ उपत्यकामा तीस हजार लिटर र बाहिर चालीस हजार लिटर गरी ७० हजार लिटर दही बिक्री भएको जानकारी दिनु भयो ।

गत वर्ष निजी र सरकारी दुवैबाट असार १५ को दिन सात हजार लिटर दही बिक्री भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button