तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड १९ : गण्डकी प्रदेशमा थपिए २८ संक्रमित, कुल संक्रमित ९९४ पुगे

पर्वत । गण्डकी प्रदेशमा आज बिहान थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुर, गोरखा, कास्की, स्याङजा, बागलुङ र तनहुँमा संक्रमित थप भएका हुन् ।
नवलपुरको गैँडाकोट नगरपालिकाका ८ जना पुरुष र दुई महिला, बुलिङटारका दुई जना पुरुष, गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका २ जना पुरुष र शहिद लखन गाउँपालिकाका एक जना महिलामा कोराना संक्रमण पुष्टि भएको छ । स्याङजाको वालिङ नगरपालिका एक महिला र एक पुरुष, भीरकोट नगरपालिकाका ४ जना पुरुष र एक महिला र पुतलीबजार नगरपालिकाका एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । त्यस्तै कास्कीको पोखरा महानगरपालिकाका एक जना पुरुष पनि संक्रमित भएका छन् ।

बागलुङको काठेखोला गाउँपालिकाका एक र बडिगाड गाउँपालिका दुई जना महिला र तनहुँको शुक्लागण्डकी नगरपालिकाका एक महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नवलपुर र कास्कीका संक्रमितलाई आईसोलेसनमा राखिसकिएको छ भने गोरखाको शहिद लखन गाउँपालिकाको संक्रमित भरतपुर कोरोना अस्पतालमा रहेको जनस्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । अन्य संक्रमितहरुलाई सम्बन्धित जिल्लाका पायक पर्ने आइसोलेसनमा लैजाने तयारी भएको निर्देशक डा. शर्माले बताउनुभएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९९४ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button