तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना मुक्त हिमाली जिल्ला मनाङ

मनाङ । कोरोना सँक्रमित ५७ वर्षिय पुरुषको दोश्रो पि.सि.आर रिर्पोट नेगेटिभ आएसँगै सोमवार वाट हिमाली जिल्ला मनाङमा कोरोना मुक्त भएको छ । असार ४ गते कोरोना पुष्टि भएका सो व्यक्ति जिल्ला स्थित अस्पतालको आइसोलेसन कक्षवाट निको भएर विदा भएसँगै मनाङ कोरोना मुक्त भएका हो ।

जिल्ला अस्पताल मनाङको आइसोलेसनमा ११ दिनको उपचारपछि पिसिआर परीक्षण गर्दा कोरोना नेगेटिभ आएसँगै उनलाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए ।

यद्यपि उनलाई दुई हप्ता होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको छ । मनाङमा हालसम्म कपिलवस्तु बाढगंगा–१४ स्थायी ठेगाना भई मनाङमा कार्यरत  ५७ वर्र्षीय पुरुषमा मात्र कोरोना भाइरस देखिएको थियो भने अन्य मानिसमा कोरोना संक्रमण पुष्टि भएको छैन ।

मनाङमा ३० जनाको पिसिआर परीक्षण गरिएकोमा एक जनाको रिपोर्ट पोजेटिभ र २९ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख आचार्यले बताए । हालसम्म मनाङमा एक सय ८१ जनाको आरडिटी परीक्षण गरिएको छ ।

मनाङमा निर्माण गरिएको ९३ बेड क्षमताको १० वटा क्वारेन्टाइन र ७ बेडको आइसोलेसनमा हाल कोही पनि नभएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । मनाङमा निर्माण गरिएका आइसोलेसन र सबै क्वारेन्टाइन अहिले खाली अवस्थामा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button