तपाईँ सुन्दै हुनुहुन्छः

चिज सकारात्मक दिशामा जानेमा आशा गरौँ : नेकपा नेता भट्टराई

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको जारी स्थायी समिति बैठकमा देखिएको विवादका सम्बन्धमा आज बिहान स्थायी समिति सदस्य समेत रहनुभएका केही मन्त्रीहरू र स्थायी समितिका अन्य सदस्यहरूसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले पार्टीमा देखिएको समस्याहरूबारे छलफल गर्नुभएको र अन्य नेताहरूसँग पनि परामर्श गर्ने बताउनुभएको जानकारी छलफलमा सहभागी स्थायी समिति सदस्य एवं पर्यटन मन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत दिनुभएको छ ।

छलफलमा सहभागी नेताहरूले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन, अन्तरबिरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पूरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन र विश्वासको सङ्कट अन्त्य गरी हार्दिकताको भावना विकास गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको पर्यटन मन्त्री भट्टराईले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

उहाँले प्रोक्सी वार बन्द गर्न पनि आह्वान गर्दै भन्नुभएको छ– चिज सकारात्मक दिशामा जाने आशा गरौँ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button