तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा स्थायी कमिटीको बैठक : भिन्नाभिन्नै कार्यसूचिमा छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक आज पाचौं दिन भिन्नाभिन्नै कार्यसूचिमा छलफल गरी स्थगित भएको छ ।

बैठकमा मदन जयन्तीका अवसरमा असार १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राख्नुभएका विचार, सरकार हटाउन भारत सक्रिय रहेको, त्यसमा पार्टीका नेताहरूको संलग्नता लगायतका विषयमा छलफल भएको नेकपा प्रचार विभाग उप प्रमुख सूर्य थापाले बैठकपछि जानकारी दिनुभयो ।

यसैगरी आजको बैठकमा दुई दिनअघि निर्वाचन आयोगमा दर्ताको लागि आवेदन परेको भनिएको नेकपा (एमाले) को सम्बन्धमा समेत छलफल भएको थियो ।

आजको बैठकमा स्थायी कमिटि सदस्य योगेश भट्टराई, लीलामणि पोखरेल,मातृकाप्रसाद यादव, नन्दकुमार प्रसाई र आमन्त्रित पेशलकुमार खतिवडा लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो। नेकपाको अर्को बैठक भोली असार १८ गते ११ बजे पुनः बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button