तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा बहिनी जिस्काएको भन्दै खुकुरी प्रहार दुई जना युवक घाइते

तनहुँ । तनहुँको सत्रसयमा खुकुरी प्रहारबाट दुई जना युवक घाइते भएका भएका छन् । आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा मङ्गलवार साँझ ७ बजेको समयमा स्कुल लाइनमा आफ्नो बहिनी जिस्काएको निहुँमा स्थानीय सुमन श्रेष्ठले खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहार गर्दा आँबुखैरेनी–१ सत्रसयका १९ वर्षीय सुदिप मगर र १५ वार्षिक दिप्सन मगर घाइते भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएका मध्ये दिप्सन मगरलाई चितवन मेडिकल कलेजमा उपचारपछि डिस्चार्ज गरिएको छ । घाइते सुदीप मगरको टाउमा चोट लागेको र अवस्था अलि जटिल भएकाले उपचार भइरहेको प्रहरी निरीक्षक विकाश थापाले जानकारी दिनुभयो ।

खुकुरी प्रहार गर्ने सुमन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

यता केटा पक्षले भने केटा केटीले एक अर्कालाई माया गर्ने र प्रेम सम्बन्धमा रहेको बताएका छन् ।

मङ्गलवार साँझ केटा र केटी कुरा गरिरहेको बेला केटीको दाइ र बुबा आएर उक्त दुई जना युवकलाई खुकुरी प्रहार गरेको केटा पक्षका एक युवाले बताए । उनले भने ’केटालाई सम्झाएर पठाएको भए यो अवस्था आउने नै थिएन ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button