तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम पश्चिमका चौरजहारी नगरपालिकाका तीन वटा वडा सिल

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा तीन वटा वडा सिल गरिएको छ ।  नगरमा कोरोना भाइरसबाट सङ्क्रमित नागरिकको सङ्ख्या बढेसँगै वडा नम्बर १ ,२ र ३ नम्बर वडालाई सिल गरिएको हो ।

नगरले एक सूचना प्रकाशित गरी वडा सिल गरिएको जानकारी गराउँदै सिल गरिएको क्षेत्रमा कोही कसैले प्रतिबन्धित कार्य गरेको पाइएमा संक्रामक रोग ऐन अनुसार कारबाही गरिने ब्यहोरा समेत जानकारी गराइएको छ ।

उक्त वडाबाट बुधवार मात्र नौ जना व्यक्ति सङ्क्रमित भएको रिपोर्ट आएको थियो ।

सिल गरिएको वडामा अत्यावश्यक काम बाहेक सवारी साधन चलाउन मानिसहरूको आवतजावत र व्यापार व्यवसाय पुर्णरुपमा बन्द गर्न सूचनामा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button