तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा पहिलो पटक जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण पुष्टि

असार  – अछाममा पहिलो पटक जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ११ देव स्थानका वर्ष ४८ का वडा अध्यक्ष (गणेश बहादुर खड्का) लाई कोरोना पुष्टि भएको हो ।

धनगढी प्रयोगशालामा एक  सय २४ जनाको स्वाँव परीक्षणमा ४८ वर्षका वडा अध्यक्षलाई कोरोना पुष्टि भएको हो ।

निरन्तर रूपमा डेढ महिनादेखि भारतबाट आएका व्यक्तिको सेवा, क्वारेनटाइन व्यवस्थापन लगायतका कार्यमा खटिएको उहाँलाई कोरोना पुष्टि भएको नगरप्रमुख कुलबहादुर कुँवरले बताउनुभयो । उहाँले पनि आफूलाई कोरोना पोजेटिभ भएको रिपोर्ट आएको स्वीकार गर्नुभएको छ ।

उहाँ अहिले वडाको क्वारेन्टाईनमा बसिरहनु भएको छ । स्वास्थ्य अवस्था सामान्य रहेको छ । उहाँ असार १० गते सम्पन्न नगरपालिकाको नगर सभामा पनि सहभागी हुनुभएको थियो ।

उहाँमा सङ्क्रमण देखिएपछि नगर सभामा सहभागी अन्य व्यक्तिको पनि स्वाँव सङ्कलन गरी परीक्षणका लागि पठाइने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button