तपाईँ सुन्दै हुनुहुन्छः

३ दिनपछि गोताखोरको टोलीले इनारबाट शव निकाल्यो

तुलसीपुर । दाङको शान्तिनगरमा इनारमा मृत भेटिएका एक युवकको शव गोताखोरको टोलीले ३ दिन पछि निकालेको छ ।

गत सोमबार इनारमा खसेका अछामको रामारोशन गाउँपालिका–३ निबासी २५ बर्षका सुरत शाहको शवलाई बाँकेको सम्शेरगंजबाट आएको सशस्त्र प्रहरीको गोताखोरको टोलीले बुधबार करिब साँढे चारबजे निकालेको थियो ।

हिजो दिनभर कुवाबाट निकाल्ने प्रयास असफल भएपछि गोताखोरको टोली बोलाएको शान्तिनगर गाउँपालिका–६ का वडाध्यक्ष रबि बुढाथोकीले जानकारी दिए । मृतक शाह एक हप्ता अघि साथी किरण पौडेलसंग दाङ घुम्न आएको अध्यक्ष बुढाथोकीले जानकारी दिए । टिकापुर नगरपालिका–१ निबासी किरण पौडेलको घरमा मृतक शाह डेरा गरी बस्दै आएका थिए ।

यसैबीच, ईलाका प्रहरी कार्यालय तुलसीपुरले अनुसन्धानका लागि दुईजनालाई नियन्त्रणमा लिएको छ । इनार भएको घर धनी विश्व आचार्य र किरणलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिहले जानकारी दिए । विश्व आचार्य किरणका भिनाजु नाता पर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button