तपाईँ सुन्दै हुनुहुन्छः

फलफूलका विरुवाको निशूल्क वितरण शुरु

बारा । बारामा आज दश हजार निशुल्क फलफुल बिरुवा बितरण गर्ने अभियान सुरु भएको छ । डिभिजन बन कार्यालय बारा र गढीमाई साझेदारी बनको संयुक्त सहकार्यमा पाँच वटा स्थानीय तहमा निशुल्क फलफुल बिरुवा बितरण भईरहेको छ ।

साबिकका १५ वटा गा.बि.स तथा हालका जीतपुरसिमरा उपमहानगरपालिका, प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका, बिश्रामपुर गाउँपालिका र फेटा गाउँपालिकामा उन्नत जातका बिरुवाहरु बितरण भईरहेको डिभिजन बन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले जानकारी दिनुभयो ।

सरकारले चालु आर्थिक वर्षलाई राष्ट्रिय वृक्षारोपण दिवस मनाउने निर्णय गरेको छ । उपभोक्तालाई फलफुल प्राप्त गर्न सजिलो होस र वातावरण पनि हराभरा बनाउने उदेश्यले बिरुवा वितरण शुरु गरिएको डिभिजन वन प्रमुख अहमदले बताउनुभयो ।

आज बुधबारबाट सुरु भएको बिरुवा बाड्ने अभियान चार दिन शनिबार सम्म चल्ले छ । तीनवटा ट्याक्टरहरुमा लोड गरिएको बिरुवाहरु स्थानीयका गाउँगाउँ तथा नगरहरुमा गएर वितरण भईरहेको छ ।

आज पहिलो दिन बाराको जीतपुर, छातापिपरा, बुनियाद, खुटवा र प्रसौनी लगायतका ठाउँहरुमा ३ हजार ५ सय बिरुवा वितरण गरिएको गढीमाई साझेदारी बन पथलैयाका अध्यक्ष गणेशजी प्रसाद साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button