तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश २ मा २९ प्रतिशत धान रोपाँई सम्पन्न

जकपुरधाम । यस पटक मौसम अनुकूल रहेका कारणले पदेश नं २ को विभिन्न जिल्लाहरुमा धानको रोपाँइ २९ प्रतिशतले सम्पन्न भएको छ ।

खास गरेर दिन दिनै वर्षा भएका कारणले यस पटक असारको १६ गतेसम्ममा उक्त प्रतिशतमा धानको रोपाँइ भएको प्रदेश नंं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

प्रदेश नंं २ को प्रमुख खाद्यान्न बालीको रुपमा रहेको धानको विउँ छर्किने समय देखि नै वर्षा भएको र अहिले बीउँ रोपाँइ हुने अवस्थामा पुग्दा पनि वर्षा दिन दिनै हुने गरेका कारणले धानको रोपाँइ हुने क्रम बढी रहेको विभिन्न जिल्लावाट आईरहेको तथ्यांकमा देखाएको मन्त्रालयका प्रवक्ता रजनिश मिश्रले जानकारी दिनु भयो ।

धानको रोपाँइका लागि चाहिने पानी खेत खेतमा लागेको र रोपाँइका लागि बोडिङ्गको भर कम पर्नु परेकाले रोपाँइ सन्तोष जनक अवस्थामा भईरहेको छ । यस पटक भारत सहित विश्वका अन्य देशवाट कामकाज गर्ने नेपाली युवा शक्ति नेपाल फर्किएका कारणले प्रमुख बालीको रुपमा रहेको धानको रोपाँइ दिन दिनै तीब्र गतिका साथ भईरहेको मन्त्रालयले जनाएको छ ।

यस पटप धानको रोपाँइ यसै गतिमा भएको खण्डमा असारको अन्त्य तथा साउनको पहिलो सातामा रोपाँइ नै समाप्त हुने अवस्था रहेको छ । उता केही दिनको लगातारको वर्षापछि आज विहानवाट नै मौसममा सुधार आएपछि धानको रोपाँइ निक्कै बढेको धनुषाको लक्षमीनिया गाउँपालिकाका अगुवा किसान सन्तोष यादवले जानकारी दिनु भयो ।

धानको रोपाँइ तीब्रगतिले भएको र मौसम अनुकूल रहने तथा रसायनिक मलको समयमा आपूर्ती भएर रोगको प्रकोप नभएको खण्डमा धानको उत्पादन बढ्ने संकेत रहेको कृषि क्षेत्रका विज्ञहरुको प्रारम्भिक अनुमान रहेको छ ।

कोरोनाका कारणले थुल थुल बनेको मुलुकको अर्थतन्त्र माथि उठाउनका लागि कृषि उत्पादन बढाउनुको विकल्प पनि रहेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button