तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाको जोखिम बढ्दै, भिडफाडमा मास्क, सेनिटाईजर प्रयोगमा कमी

 
जकपुरधाम । कोरोनाको जोखिम अहिले पनि त्यत्तिकै रहेपनि धनुषा सहितका जिल्लामा मास्क लगाएर कामकाज गर्नेको संख्यामा व्यापक कमी आएको छ ।

कोभिडका कारणले दिन दिनै संक्रमितहरु थपिएपनि कार्यालय, वैंक तथा वित्तिय संस्थामा आउने सेवाग्राही वा बजारमा किनमेलका लागि आउने ग्राहक किन नहोस् त्यसमा ५० प्रतिशत भन्दा बढीले मास्क लगाउन बन्द गरेका छन् ।

चेतनाको अभाव होस् वा रोग प्रति गंभिर नभएका कारणले मास्क लगाउन छाड्नु निक्कै चिन्ताको विषय भएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भयो ।

जनकपुरधाममा खटिएका कतिपय सुरक्षाकर्मीहरु पनि मास्क लगाउन छाडेका छन् भने मास्क लगाउनका लागि पहिला जस्तो कडाई पनि गरेको पाईएके छैन । कोरोनावाट जोगिन तथा जोगाउनका लागि मास्क जरुरी रहेको विश्व स्वास्थ्य संगठनले पटक पटक आग्रह गर्दै आएको छ ।

कोरोनाको प्रारम्भिक समयमा मास्क विक्रि हुने तथा लगाउनेको संख्या अधिक भएपनि लक डाउन खुकुलो भएसंगै यसमा निक्कै कमी आएको जनकपुधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहले बताउन भयो ।

आफ्नो व्यक्तिगत सुरक्षाका लागि मास्क लगाउनु अनिवार्य भएपनि अहिले आएर मास्क नलगाउनुले संक्रमण समुदायमा फैलिने खतरा रहेको प्रादेशिक अस्पताल जनकपुरधामका कोरोना कोर्डिनेटर डा. जामुन प्रसाद सिंहले जानकारी दिनु भयो ।

भिड भाड हुने ठाउँमा मास्क नलगाउने देखिएकाले संक्रमित भएका व्यक्तिले अन्यलाई पनि संक्रमित गर्ने अवस्था रहेको उहाले बताउनु भयो । कोरोना संक्रमित व्यक्तिको थुकको छिटा, आछु गर्दा शियान मार्फत अर्को मान्छेमा सार्ने खतरा हुन्छ उहाले बताउनु भयो ।

लक डाउन खुकुलो भएर वैंक, वित्तिय संस्था तथा बजार खुल्दा केही साबधानी अपनाएपनि अहिले आएर सुरक्षा साबधानी अपनाउन छाडिएको छ । कतिपय ठाउँमा ज्वरो नाप्ने, सेनिटाईजर दिने काम बन्द गरिइएको छ । सुरक्षाकर्मीले पनि कडाई गर्न बन्द गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button