तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङमा पहिलोपल्ट पीसीआर पोजेटिभ देखियो


ताप्लेजुङ । ताप्लेजुङमा साउदी अरबबाट जिल्ला फर्किएका एक जनामा कोरोना संक्रमण देखिएको छ । अहिले सम्म कोरोना संक्रमण नदेखिएको जिल्लामा पहिलो पटक एकजना पीसीआर पोजेटिभ व्यक्ति फेला परेको हो ।

साउदीबाट फर्किएका सिरिजङ्घा गाउँपालिकाका २३ वर्षिय युवामा पीसीआर पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख राजकुमार पोख्रेलले जानकारी दिनुभयो । युवामा ज्वरो सहितका समस्या देखिएपछि उपचारका लागि जिल्ला अस्पतालको फिबर कक्षमा भर्ना भएका थिए ।

बिभिन्न देशबाट फर्किएर क्वारेन्टाईनमा बसेका सहित २० जनाको स्वाब सोमवार संकलन गरी परीक्षणका लागि पठाईएको थियो पीसीआर रिर्पोट पोजेटिभ आएका व्यक्तिलाई उपचारका मोरङको गोठगाउँस्थित केन्द्रमा पठाउने तयारी भइरहेको छ ।

यसअघि भारतबाट फर्किएर झापाको बुद्धशान्ति र सुनसरीको भोक्राहास्थित क्वारेन्टिनमा रहेका बेला गरिएको परीक्षणमा ताप्लेजुङमा ४ जना कोरोना संक्रमित फेला परेपनि ताप्लेजुङमै पीसीआर परीक्षण रिर्पोट पोजेटिभ आएको भने यो पहिलो पटक हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button