तपाईँ सुन्दै हुनुहुन्छः

श्रोत नखुलेको ६ लाख रुपैयाँसहित ४ पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा रामगढवाबाट श्रोत नखुलेको ६ लाख रुपैया सहित अवैध रुपमा हुण्डीको कारोबारमा संलग्न भएको आशंकामा ४ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवाबाट ना ५१ प २८०१ नम्बरको मोटरसाईकलका चालक भारत रक्सौल निवासी ३६ वर्षीय प्रमोद कुमार कलबार, बीरगंज महानगरपालिका वडा नम्बर २५ सिर्सिया निवासी १९ वर्षीय सत्रुघन गुप्तालाई मोटर साईकल रोकी चेकजाँच गर्दा श्रोत खुलाउन नसकेको ६ लाख नगद सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले आज जारी गरेको प्रेस नोटमा उल्लेख गरेको छ ।

पक्राउ परेकाहरुसँग आवश्यक अनुसन्धान गर्दा श्रोत नखुलेको अवैध हुण्डीको कारोबारमा संलग्न भएको आरोपमा थप २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा बारा जिल्ला महागढीमाई नगरपालिका वडा नम्बर ३ घर भई हाल वीरगञ्ज महानगरपालिकावडा नम्बर ६ मा बस्ने ३७ वर्षीय अशोक कुमार साह र वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिष्वा निवासी ५० वर्षीय भिखारी साह सोनार समेत संलग्न रहेको खुल्न आएपछि निजहरुलाई पक्राउ गरी अवैध वित्तिय कारोबारमा संलग्न रहेको आरोपमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक पन्तले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button