तपाईँ सुन्दै हुनुहुन्छः

टिपरको ठक्करबाट दुईको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

धुलिखेल नगरपालिका–२ डुडामुखस्थित टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धुलिखेल नगरपालिका–२ का मोटरसाइकल चालक ५२ वर्षीय वेदप्रसाद कोइराला र मोटरसाइकलको पछाडि सवार ५३ वर्षीय गोबद्र्धनप्रसाद कोइराला रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बनेपाबाट रविओपीतर्फ जाँदै गरेको बा४ख ६३८६ नम्बरको टिपरले आज दिउँसो सोही दिशातर्फ जाँदै गरेको बा३६प ५०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुबै जनाको मृत्यु भएको हो । मृतक दुवै जनाको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।

घटनापश्चात चालक टिपर छोडेर फरार भएको र खोजीकार्य जारीरहेको प्रहरीले जनाएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button