तपाईँ सुन्दै हुनुहुन्छः

चितवनको कालिकामा एक गर्भवती महिला सहित दुई जनामा कोरोना पुष्टि

चितवन । चितवनमा बुधबार राती थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार राती कालिका नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कालिका नगरपालिका ७ कि २७ वर्षीया एक महिला र कालिका १ का ३६ वर्षका एक पुरुष रहेका छन् । ती महिला गर्भवती हुन् । उनी कतारबाट आइ जुटपानी बजारको बिद्यालयको क्वारेन्टाइनमा बसि रहेकी थिइन् । संक्रमित पुरुष भारतबाट आइ क्वारेन्टाइनमा बसिरहेका छन ।

बुधबार मात्रै चितवनका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बुधबार विहान संक्रमण पुष्टि हुनेमा भरतपुरका ९, माडीका २, राप्तीका एक र खैरहनी नगरपालिकाका एक जना रहेका छन् । योसंगै चितवनमा कुल कोरोना संक्रमितको संख्या ७६ पुगेको छ । बुधबार भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा कुल ११९ वटा नमुनाको परीक्षण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button