तपाईँ सुन्दै हुनुहुन्छः

लक्ष्यभन्दा दोब्बर राजस्व


काठमाडौं । भन्सार कार्यालय सिरहाले चालू आर्थिक वर्ष ०७६/७७ सकिनु अगावै लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन गरेको छ ।

लकडाउनका कारण भन्सारमा शिथिलता आएपनि ठाडी भन्सारले लक्ष्यभन्दा देब्बर राजस्व संकलन गरेको हो । भन्सार कार्यालयले चालू आव २०७६/७७ सकिन केही दिन बाँकी रहँदै सात करोड १६ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन गरेको कार्यालय प्रमुख नरेश साहले जानकारी दिनुभयो ।

चालू आर्थिक बर्ष २०७६/७७ मा चार करोड ७९ लाख रुपैयाँको लक्ष्य तोकिएकामा लकडाउनमा राहत दिन भारतबाट गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार र तरकारीलगायतका सामग्रीको आयात बढेपछि लक्ष्यभन्दा बढि राजस्व संकलन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button