तपाईँ सुन्दै हुनुहुन्छः

समृद्ध गैँडाकोटका लागि १३ आधार प्रस्तुत

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले समृद्ध नगर निर्माणका लागि १३ प्रमुख आधार अघि सारेको छ ।

आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख छत्रराज पौडेलले गरिबीमुक्त गैँडाकोट सहित आधार अघि सार्नु भएको हो ।

नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कोभिड १९ को जोखिम र यसबाट सिर्जित स्वास्थ्य समस्या न्यूनीकरण पहिलो प्राथमिकतामा राख्दै कालीगण्डकी करिडोर, बिपी अन्र्तराष्ट्रिय खेलग्राम, मनमोहन रङ्गशाला, स्मार्ट गैँडाकोट, शैक्षिक हब, निजी क्षेत्रको लगानीमा मौला कालिका केबुलकार निर्माणलगायतलाई समृद्ध नगरका प्रमुख आधार रुपमा अघि सारेको छ ।

‘बाँझो जग्गारहित नगर’ नारा दिएर खेतीयोग्य जमीलाई प्लटिङ गर्न पूर्ण रुपमा निरुत्साहन गर्ने, ‘गैँडाकोटको पहिचानः स्वादिलो मकै’ नारा तय गर्दै स्थानीय उत्पादनको प्रवद्र्धन गरी रोजगारी बढाउन प्रोत्साहनसहित बजेट छुट्याइएको नगर प्रमुख पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button