२०७८ साल वैशाख २५ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

मेक्सिकोमा बन्धुकधारीको गोली प्रहारबाट कम्तीमा २४ जनाको मृत्यु

रेडियो नेपाल २०७७ असार १८ गते १७:०३

गुआनाजुतो, मेक्सिको – मध्य मेक्सिकोको एउटा लागूऔषध पीडितको पुनस्र्थापना केन्द्रमा बुधबार बन्धुकधारीको गोली प्रहारबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ ।

स्थानीय सुरक्षास्रोतका अनुसार उक्त आक्रमणमा अरु सात जना घाइते भएका छन् ।

प्रहरीका अनुसार प्रारम्भिक विवरणमा ती आक्रमणकारीहरु पुनस्र्थापना केन्द्रमा जबर्जस्ती प्रवेश गरेर त्यहाँ रहेका व्यक्तिलाई अन्धाधुन्ध गोली प्रहार गरेका थिए । उनीहरुले केन्द्रमा रहेका व्यक्तिहरुलाई भुइँमा सुत्न लगाएर लहरै गोली चलाएको प्रत्यक्षदर्शीको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

रातो सवारी साधनमा आएका आक्रमणकारीको खोजी कार्य तिब्र बनाइएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था निकै जटिल रहेको छ । आक्रमणकारीले कसैलाई पनि अपहरण नगरेको प्रहरीको भनाई छ ।

गुआनाजुतो राज्यमा मेक्सिकोका ठूला उद्योगहरु तथा कार निर्माणका ठूला कारखाना रहेका छन् । यहाँ केही वर्षदेखि संगठित अपराधका घटना तिब्र रुपमा बढेका छन् ।

मेक्सिकोकै धनी राज्यमा परिणत भइरहेको गुआनाजुतोमा शक्तिशाली आपराधिक समूहहरु जस्तै न्यू जेनेरेसन र सान्ता रोजा डी लिमा सक्रिय भएका छन् । यी समूहहरु घम्की, अपहरण र इन्धन चोरीजस्ता अपराधमा सक्रिय छन् ।

पछिल्लो समयमा आपराधिक घटना बढेको भन्दै राष्ट्रपति आन्द्रेजले मुलुकको कानुन व्यवस्था सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । रासस/एएफपी

सम्बन्धित

४ लाखभन्दा बढीको अवैध मल खाद बरामद

२१ मिनेट अगाडि कृष्ण सिंह साउद 

अक्सोमिटरको कालोबजारी गर्ने पक्राउ

५३ मिनेट अगाडि ध्रुव अधिकारी